भर्चुअल माध्यमबाट पार्टीको प्रदेश सम्मेलनको उद्घाटन गर्दै प्रचण्ड
नेपालखोज
२०७८ मंसिर २५ गते ७:४३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज पार्टीको प्रदेश सम्मेलनको उद्घाटन गर्ने भएका छन् ।अध्यक्ष प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट प्रदेश सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएकाे छ ।
प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ ।
माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । आगामी पुस ११ देखि १३ गतेसम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ।
सम्बन्धित

प्रतिक्रिया