सोमबार, जेठ ६, २०८२

समृद्धिका लागि दिगो पर्वतीय पर्यटन !

नेपालखोज २०७८ मंसिर २५ गते ८:५८

पोखरा । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक रहेको जनाउँदै यस क्षेत्रको संरक्षण सम्वद्र्धनमा जोड दिनुपर्ने बताएका छन् ।

अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र  सोलिडारिटी फोरम (सोफो)को समन्वयमा ‘समृद्धिका लागि दिगो पर्वतीय पर्यटन’ विषयक छलफल कार्यक्रममा  उनले पर्वतीय क्षेत्रका विशेषताको पहिचान गर्दै त्यसको संरक्षणमा जोड दिनुपर्ने बताएका हुन् । 

हिमालमा बढ्दो फोहोरको व्यवस्थापन हुन नसक्नु,  हिमाली जनजीवनको मौलिक संस्कार र संस्कृति संरक्षण हुन नसक्नु दुःखद् भएको जनाउँदै पर्वतीय पर्यटनको विकासलाई उजागार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए । 

भूगोलविद् प्राडा कृष्ण केसी कोरोनाले पर्यटनमा चुनौती थपेको जनाउँदै अब पर्यटन चलायमानका लागि नयाँ खोज र सोचको आवश्यकता रहेको बताए । उनले पर्यटन संस्कृतिको विकासको वातावरण बनाउन आवश्यक  नीति निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ राखे ।  

रिक्यापका अध्यक्ष श्रीकान्त खतिवडाले नेपालमा पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको प्रष्टाउँदै यसको विकासका लागि रणनीति योजनासहितका कार्यक्रम तय हुन नसकेको बताए । रासस 

प्रतिक्रिया