शनिबार, जेठ ४, २०८२

सहिद स्मारक ‘ए’ डिभिजन : आज चौथो चरणका दुई खेल हुँदै

नेपालखोज २०७८ मंसिर २५ गते १०:४५

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज चौथो चरणको खेल हुँदैछ । दशरथ रंगशाला जारी प्रतियोगितामा आज सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) तथा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब खेल्ने भएका हुन् ।

नवप्रवेशी सातदोबाटो युथ क्लब र एनआरटी क्लबीच दिउँसो १ बजेदेखि पहिलो खेल हुनेछ । यस्तै दोस्रो खेल हिमालयन शेर्पा क्लब र साविक विजेता मच्छिन्द्र क्लबबीच साँझ पौने ५ बजे सुरु हुने छ ।

अंकतालिकामा सातदोबाटो ७ अंकका साथ तेस्रो स्थानमा छ । एनआरटी दुई अंकका साथ ११ औँ स्थानमा छ । यसैगरी, हिमालयन शेर्पा दुई अंकका साथ १० औं स्थानमा छ भने मच्छिन्द्र ७ अंकका साथ चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया