नेता सिंहद्वारा पार्टी सभापतिमा उम्मेदवारी घोषणा
नेपालखोज
२०७८ मंसिर २५ गते १४:३०

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । सिंहले पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र पनि सार्वजनिक गरेका छन् ।
सिंहको समूहमा सुजाता कोइरालाले उपसभापतिको उम्मेदवारी दिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले बोलेर मात्र नभइ कामै गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । पार्टीलाई गतिशील बनाउन विधानअनुसार आफूले सक्रिय रहेर काम गर्नेसमेत उनले बताए ।
सिंहले सभापति शेरबहादुर देउवालाई पार्टीलाई विधानअनुरुप नचलाएको भन्दै आक्रोश व्यक्त गरे । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नटेर्ने गरेको उनको गुनासो छ ।
सम्बन्धित
प्रतिक्रिया