बिहीबार, जेठ ३, २०८१

स्त्री तबसम्म चरित्रहीन हुन सक्तिन जबसम्म पुरुष चरित्रहीन हुँदैन !

सुनील सापकोटा २०७८ मंसिर २६ गते ७:५३

स्त्री तबसम्म चरित्रहीन हुन सक्तिन जबसम्म पुरुष चरित्रहीन हुँदैन । चरित्रहीनका सम्बन्धमा बुद्धको एउटा प्रसंग छ । संन्यास लिएपछि गौतमबुद्धले भारत वर्षको अनेक स्थानहरुको भ्रमण गरे । यस्तै भ्रमणको क्रममा उनी एकदिन एउटा गाउँमा पुगे ।

त्यो गाउँकी एउटी स्त्री बुद्धलाई देखेर उनी नजिक आइन् र भनिन्, ‘तपाईं त राजकुमार जस्तो लाग्नु हुन्छ । के म जान्न सक्छु, तपाईंले यो तरुण अवस्थामा गेरुआ वस्त्र लगाउनु पर्ने कारण के हो ? ‘ती स्त्रीको कुरा सुनेर बुद्धले विनम्रता पूर्वक भने, ‘मैले जीवनमा तीन प्रश्नको हल खोज्न संन्यास लिएको हुँ ।

बुद्धले भने, हाम्रो यो शरीर जुन युवा अवस्थामा आकर्षक हुन्छ त्यो एकदिन वृद्ध र रोगी हुन्छ र अन्त्यमा मृत्युको मुखमा पुग्छ । मैले वृद्ध अवस्थामा बिरामी र मृत्युको कारणको ज्ञान पत्ता लगाउनु छ । बुद्धको यो कुराबाट प्रभावित भएर ति स्त्रीले बुद्धलाई भोजनका लागि आमंत्रित गरिन् ।

यो कुरा छिटै गाउँमा फैलियो । त्यो गाउँका केही मानिसहरुले बुद्धलाई भने, ‘त्यो स्त्रीको घरमा नजानुहोस । ति चरित्रहीन स्त्री हुन् । उनी गाउँमा बदनाम छिन् ।’

बुद्धलाई यो कुरा त्यस गाउँका मुखियाले समेत दोहर्‍याए । मुखियाको कुरा सुनेपछि बुद्धले ती मुखियाको दायाँ हात पक्रिएर तिनलाई ताली बजाउन भने । मुखियाले भने, ‘म एक हातले ताली बजाउन सक्तिन, तपाईंले मेरो अर्को हात पक्रिएपछि म कसरी ताली बजाउन सक्छु ?’

त्यसपछि मुखियालाई बुद्धले भने, ‘यस्तै प्रकारले कुनै पनि स्त्री उ स्वयं चरित्रहीन कसरी हुन सक्छे , जबसम्म यो गाउँका पुरुषहरु चरित्रहीन हुँदैनन् ।’

यदि यो गाउँको सबै पुरुषहरु राम्रा भएका भए यी स्त्री चरित्रहीन हुन सक्दिनथिन् । यिनी चरित्रहीन हुनुमा यहाँका पुरुषहरु पनि उत्तिकै जिम्मेवार छन् l बुद्धको कुरा सुनेर त्यो गाउँका सबै पुरुषहरु लज्जित भए ।

प्रतिक्रिया