बिहीबार, वैशाख २०, २०८१

किर्तिपुरको ल्हो देँग

नेपालखोज २०७९ मंसिर २४ गते १०:००

हामी सधै अरुका कमी कमजोरी औल्याउँछौं । अरुका गल्ती देखाउँदै हाँस्छौं । तर आफू सहि छौ या छैनौं भनेर कहिल्यै आफैलाई नियाल्दैनौ । आत्मालोचना गर्दै गर्दैनौं । हाम्रा संस्कृती र सम्पदा हाम्रा पूर्वजले छोडेर गएका गहना हुन् भन्ने हामी कहिल्यै बुझ्ने कोशिस गर्दैनौ । बेवास्ता गर्छौ, दुरुपयोग गर्छौ संरक्षण गर्न चासो राख्दैनौ । समय बित्दै जाँदा कथंकदाचित भत्किहाले भने सरकारलाई दोष दिन्छौं ।

सरकारले यो गरेन त्यो गरेन भन्दै बिरोधका आवाजहरु निकाल्छौ । यो किर्तिपुरको ल्हो देँगको नामले प्रचलित मन्दिर हो । शिखर शैलीको यो मन्दिर अन्दाजी बि.सं. १७१९ तिर बनेको हो । यो मन्दिर ढुङ्गै ढ्ङ्गाले बनेको हुदा बोलीचालीमा ल्होँ देँग भनिए पनि वास्तवमा यो त्रीरत्न मन्दिर अर्थात बुद्ध धर्म संघ मन्दिर हो । तस्विरमा तपाईहरुले देख्न सक्नुहुन्छ यसको माथिल्लो भागमा घाँस उम्रिएको छ ।

यदि स्थानियले चाहने भए यो घाँस हटाउन सकिन्थ्यो होला तर त्यो गरिएन । यसमा आस्थाको कुरा होला मन्दिरमाथि चढ्न नचाहन सक्छन् । तर मन्दिरको भित्री भागमा मकैको ढोड राखिएको छ । यो तस्बिर ३ वर्ष अगाडि फेसबुकमा राखेपछि स्थानीय एकले प्रतिक्रिया दिनु भएको थियो ।

वहाँका अनुसार यो मन्दिर संरक्षण, मर्मत तथा पूजाका लागि गुठी स्वरुप राखिएको जग्गा राजा महेन्द्रले २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना गर्नका लागि अधिग्रहण गरि त्रिभुवन विश्वविद्यालयका नाममा हस्तान्तरण गरिदिए पछि मन्दिर गुठीका लागि आम्दानीका श्रोतहरु भएन । जसले गर्दा बिस्तारै मन्दिरको पूजा तथा मर्मत सम्भार बन्द भए ।तसर्थ यसको जिम्मेवार सरकार नै हो भन्ने जिकिर गर्नुभयो । हुन त अहिले यो अवस्था छैन । समयमै यसको संरक्षण भएको हुँदा मन्दिर जोगिएको छ ।

प्रतिक्रिया