केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध
नेपालखोज
२०७८ मंसिर २६ गते ११:१८

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा केन्द्रीय सदस्यमा दुई नेता निर्विरोध भएका छन् । प्रदेश २ बाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनेमा आनन्द ढुंगाना र रमेश रिजाल छन् ।
ढुंगाना र रिजाल सभापति शेरबहादुर देउवा पक्षका हुन् । नेता जंगीलाल रायले उम्मेद्वारी फिर्ता गरेपछि ढुंगाना र रिजाल केन्द्रीय सदस्यमा निर्विरोध भएका हुन् ।
प्रदेश २ बाट अब एकजना महिला केन्द्रीय सदस्यका लागि मात्रै प्रतिस्पर्धा हुने छ । महिला केन्द्रीय सदस्यमा चित्रालेखा यादव र गीता चौधरीबीच प्रतिस्पर्धा हुने भएको हो ।
सम्बन्धित
प्रतिक्रिया