शुक्रबार, वैशाख ७, २०८१

नाटु नाटु : गोल्डेन ग्लोब विजेता तथा ओस्कारमा मनोनित गीतको कथा

नेपालखोज २०७९ पुष २७ गते १२:०९

तेलुगु फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ले उत्कृष्ट मौलिक गीत (ओरिजिनल सँग) बिधामा गोल्डेन ग्लोब अवार्ड जितेको छ । यो त्यही फिल्मको गीत हो जसमा हिजोआज नेपालका बालबालिका देखि बृद्धबृद्धाहरु सम्म संसार सँगै नाचिरहेका छन् । यो गीतले सिनेमा प्रेमीहरुको मन जितेको छ ।

आरआरआर मा अल्लुरी सीताराम राजु तथा कुमारम भीमको भूमिका अभिनेता राम चरण एवं एनटी रामाराव जूनियरले निर्वाह गरेका छन् । यो गीतमा ‘ नाटु – नाटु ‘ (हिन्दीमा नाचो-नाचो) एनटीआर-रामचरण र एसएस ले नै नृत्य गरेका छन । राजामौलीको खास ट्रीटमेन्टका कारण यो गित नयाँ उँचाइमा पुगेको छ । गोल्डेन ग्लोब जितेको यो गीत ‘ओरिजिनल सङ’ विधामा प्रतिष्ठित एकेडेमी अवार्डका लागि पनि मनोनयनमा छ ।

यो गीत कसरी बन्यो ?

यो गीतलाई पर्दामा ल्याउनुअघि चलचित्रका निर्देशक एस.एस. राजामौली, संगीत निर्देशक कीरावानी र गीतकार चन्द्रबोसको दिमागमा के चलिरहेको थियो त ? ओरिजिनल सङ श्रेणीको अर्थ के हो ? ‘ नाटु-नाटु ‘ गीत कहाँबाट आएको हो ? जान्ने प्रयास गरौं । विश्वको कुनै पनि भाषाको चलचित्रका लागि प्रयोग भैरहेका गीतलाइ ‘ओरिजिनल ’ मानिन्छ यदि त्यो पहिलेदेखि नै चलिरहेको गीतको प्रतिलिपि होइन भने । यसको अर्थ त्यो गीतमा अघिल्लो कुनै पनि गीत, धुन, विषयवस्तु वा अर्थको प्रभाव हुनुहुँदैन भन्ने हो ।ओस्कर को यो विधामा ८१ वटा गीतले प्रवेश पाएका थिए जस मध्ये १५ वटा गित अघिल्लो चरणमा पुगेका छन्। ‘ नाटु –नाटु ’ पनि यसमा समावेश छ । यो बिधामा फिल्म ‘अवतार : द वे अफ वाटर ’ को गीतसँग यसको प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ ।

नाटु-नाटु गीत कहाँबाट आयो ?

‘ नाटु-नाटु ‘ शब्दबाटै प्रस्ट हुन्छ यो ‘जनताको गीत’ हो । एसएस राजामौलीको दिमागमा प्रष्ट थियो कि ‘एनटीआर जुनियर र राम चरण दुबै तेलुगु फिल्म उद्योगका उत्कृष्ट नर्तक हुन्। दुवैले आ–आफ्नो तरिकाले धेरै पटक आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । यदी दुबैलाई सँगै डान्स गरेको देखाइयो भने निकै राम्रो प्रभाव पर्नेछ । उनीहरुलाई सँगै देख्दा दर्शकको रमाइलो र अनुभूतिले चलचित्रलाइ नयाँ उचाइमा पुर्याउन सकिन्छ । राजामौलीले फिल्मका संगीतकार कीरावानीसँग आफ्नो विचार साझा गरे।


बीबीसीसँग कुराकानि गर्दै कीरावानीले भनेका छन , ‘राजामौलीले मलाई भने- दाइ, मलाई एउटा यस्तो गीत चाहिएको छ जसमा यी दुवै नर्तक एकअर्कासँग प्रतिस्पर्धा गर्दै नाच्छन् । किरावानीले गीत लेखनका लागि तेलुगु फिल्मका अहिलेका लोकप्रिय गीतकार चन्द्रबोसको छनोट गरे । कीरावानीले बोसलाई भने, गीत यस्तो हुनुपर्छ कि दुवै मुख्य कलाकारले यसमा नृत्य गरेर जोश र उत्साह पैदा गरून्। तपाई जे चाहनुहुन्छ , जस्तो चाहनुहुन्छ लेख्न सक्नुहुन्छ तर ध्यान राख्नुहोस् कि यो फिल्म १९२० मा घटेको घटनाको वरिपरि घुम्छ । त्यसैले शब्दहरू त्यहि अवधिका जस्ता हुनुपर्छ ।

गीत कसरी आयो ?

राजामौली , कीरावानी र चन्द्रबोसले १७ जनवरी २०२० देखि यो गीतमा काम गर्न थालेका थिए । यसको काम हैदराबादको एउटा आल्मुनियम कारखानामा अवस्थित ‘आरआरआर’ को कार्यालयबाट सुरु भएको हो । कुरा सकेर आफ्नो कारमा बस्ने बित्तिकै चन्द्रबोसको दिमागमा राजामौली र कीरावनीको निर्देशन घुम्न थाल्यो । कार आल्मुनियम कारखानाबाट जुबली हिल्सतर्फ दौडिरहेको थियो । उनको हात स्टेयरिङ ह्वीलमा थियो, तर दिमाग चाहिँ गीतमा थियो। त्यहि बेला उनको मनमा ‘नाटु–नाटु’ गीतको हुक लाइन बज्यो । यस्तो धुन अहिलेसम्म बनेको थिएन ।

यो गितको मुख्य बिन्दु के थियो ?

चन्द्र बोसले भनेका छन , यो गितको टेम्पोमा मानिसहरूलाई उत्तेजित गर्नसक्ने तागत छ । नाटु नाटु एउटा यस्तो गीत हो जसमा शीर्ष कलाकारहरूले आफ्नो नृत्य कौशल देखाउँछन्। त्यसैले चन्द्र बोसले यो प्रस्तावमा राखेका थिए। दुई दिनमा उनले गीतका तीनवटा स्वरूप तयार पारे र त्यसपछि कीरावनीलाई भेटे । उनले अन्त्यमा आफुलाइ मनपर्ने अन्तरा सुनाए । उनले त्यस अघि थप दुई वटा श्लोक सुनाएका थिए । कीरावनीलाई पनि चन्द्रबोसका शब्दहरु मन परे र यसरी यो गीतले अन्तिम रुप पायो । यो गीतको तेलगु रुप यस प्रकार बनेको छ :

पोलमगट्टू धुम्मूलोना पोटलागिट्टा धूकिनट्टू
पोलेरम्मा जातारालो पोथाराजू ओगिनट्टू
किरुसेप्पुलू एसिकोनि कारासामू सेसिनट्टू
मारिसेट्टू निदालोना कुरागुम्पू कोडिनट्टू ।

दुई दिनमा गीतको ९० प्रतिशत काम सकियो । तर, आवश्यक परिवर्तन र सम्पादन पछि यो गीतलाई फाइनल गर्न १९ महिना लाग्यो । यस अवधिमा चन्द्रबोस र कीरावनीले यो गीतका बारेमा परामर्श गरिरहे ।

सामाजिक तथा आर्थिक अवस्थाको चित्र : फिल्ममा भीम (जुनियर एनटीआर) को चरित्र तेलंगानाको हो भने राम (रामचरण) को चरित्र आन्ध्र प्रदेशको हो । त्यसैले यो गीतमा दुवै क्षेत्रमा सन् १९२० ताका बोलिने शब्दहरू समेटिएको छ । उदाहरणका लागि, ‘मिरापा टोकु’ (पिसेको रातो खुर्सानी) ‘दुमुकुल्लादतम’ (माथि र तल उफ्रँदै)। यी शब्दहरू तेलंगानामा निकै सामान्य छन् । उतिबेला तेलंगानाको मुख्य खाना ज्वार थियो जुन रातो खुर्सानी संग खाइन्थ्यो ।

चन्द्रबोसको नजरमा, गीत त्यही हो जहाँ शब्दहरू बिलिन हुन्छन् र त्यसपछि चलचित्रका दृश्यले त्यसमा कब्जा जमाउँछन् । यो गीत यो मापदण्डमा एकदम फिट छ । तेलुगुमा अनेकौं लोककथा प्रचलित छन् । यो गीतमा ती लोककथाका पात्रहरुको पनि प्रयोग गरिएको छ । यो गीत कालभैरव र राहुल सिपलीगन्जले गाएका हुन् ।

‘नाटु नाटु’ गीतले एनटीआर र रामचरण दुवैको नृत्य क्षमताको परिक्षण गर्‍यो। कोरियोग्राफर प्रेम रक्षितले यो गीतमा करिब ९५ स्टेप कम्पोज गरेका छन् । सिग्नेचर स्टेपका लागि उनले यसको ३० वटा संस्करण तयार पारे । विशेष गरी त्यो दृश्यमा जसमा एनटीआर र रामचरण हात समातेर नाचिरहेका छन् । यो फिल्मको युनिटले एक अन्तर्वार्तामा उक्त विशेष स्टेपका लागि १८ टेक आवश्यक भएको बताएको थियो । यद्यपि दोस्रो टेक नै सम्पादनका क्रममा फाइनल भयो । यो गीत युक्रेनको राष्ट्रपति भवनको पृष्ठभूमिमा खिचिएको हो ।

त्यहाँ फिल्मको सुटिङका ​​क्रममा राजामौली र कीरावानीले गीतको अन्तिम अन्तरा परिवर्तन गर्ने निर्णय गरेका थिए ।
चन्द्रबोस त्यतिबेला फिल्म ‘पुष्पा’ को सेटमा व्यस्त थिए । त्यसैले हामीले उहाँसँग भिडियो कलमा कुरा गर्यौं। राजामौली र कीरावानीले उनलाई अन्तिम श्लोक परिवर्तन गर्न भने। आखिर यो गीत पूरा गर्न १९ महिना लाग्यो । अन्तिम श्लोक चाहिँ १५ मिनेटमा परिवर्तन भयो । त्यसपछि फेरिएको गीत रेकर्ड गरी पुन छायांकन गरियो ।


नाटु नाटु गीतले एनटीआर र रामचरणको नृत्य प्रतिभा मात्र देखाउँदैन भीम र रामको मित्रताका धेरै पक्षहरूलाई पनि अगाडि ल्याउँछ। यसले भीमका लागि रामको बलिदानको कथा बताउँछ। यसले बताउँछ कि कसरी तेलुगु जनताले ब्रिटिशहरुको आदेश पालन गर्न अस्वीकार गरे । यो गितले कसरी भीमले आफुले मनपराएकि युवतिको मन जिते भन्ने कुरा पनि बताउँछ ।

प्रतिक्रिया