कांग्रेस १४औं महाधिवेशन : चार हजार २९६ मत खस्यो

नेपालखोज २०७८ मंसिर २७ गते २१:३७

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि आज भएको मतदानमा चार हजार २९६ मत खसेको छ । कांग्रेसको ११. ४५ बजेदेखि सुरु भएको मतदानमा अहिले राति ९ बजेसम्म चार हजार २९६ मत खसेको हो । जम्मा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा एक हजार ३८२ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा दुई हजार ९१४ मत खसेको हो ।

निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ रहेको छ ।

प्रतिक्रिया