फेरि एक घण्टा थपियाे मतदानकाे समय

नेपालखोज २०७८ मंसिर २७ गते २२:३३

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी मतदानको समय एक घण्टा थपिएको छ । निर्धारित ९ बजेभित्र मतदानको कार्यक्रम नसकिएपछि साढे एक घण्टा थपेर साढे १० बजेसम्म ताेकिएकाे थियाे ।

तर साे समयमा पनि मतदान नसकिएपछि साढे ११ बजेसम्मलाई थप गरिएकाे निर्वाचन समितिले जनाएकाे छ । निर्वाचन समितिले राति साढे ११ बजेसम्म मतदानको समय तोकेको छ । यसअघि ५ बजेबाट थपेर ९ बजेसम्म र ९ बजेबाट थपेर साढे १० पुर्‍याइएको थियो

प्रतिक्रिया