मतगणना अपडेट : देउवाले १,५५६ मत प्राप्त गर्दा कोइरालालाई १,१९७ मत प्राप्त

नेपालखोज २०७८ मंसिर २८ गते ८:१२

काठमाडौं । कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । अहिलेसम्म जम्मा ३ हजार २८२ मत गणना भएको छ ।

जसमा ५६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म देउवाले १ हजार ५५६ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १ हजार १९७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया