शेखर कोइराला भन्छन्- हामी स्वस्थ प्रतिस्पर्धामा छौं, देउवाविरुद्ध नाराबाजी राम्राे हाेइन

नेपालखोज २०७८ मंसिर २८ गते १०:५६

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेद्वार शेखर कोइरालाले केही महाधिवेशन प्रतिनिधिहरूले अशोभनीय व्यवहार देखाएको बताएका छन् ।

आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापनमा प्रधानमन्त्री एवं सभापति पदका अर्का उम्मेद्वार शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएपछि उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन् ‘सुहाउँदो व्यवहार भएन । हामी स्वस्थ प्रतिस्पर्धामा छौं ।’ लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापानमा देउवाविरुद्ध नाराबाजी भएको हो ।

प्रतिक्रिया