विमलेन्द्र निधिको साथ पनि देउवालाई

नेपालखोज २०७८ मंसिर २८ गते १३:३४

काठमाडाैं । नेपाली कांग्रेसको सभापतिका उम्मेद्वार प्रधानमन्त्री शेरबहादुर देउवालाई दोस्रो चरणको निर्वाचनमा नेता विमलेन्द्र निधिले पनि साथ दिने भएका छन् ।

मंगलबार मध्य बानेश्वरस्थित आफ्नै निवास पुगेका देउवासँगको भेटपछि सभापतिका उम्मेद्वारसमेत रहेका निधिले पहिलो चरणमा भएको मतदानको परिणामलाई आत्मासात गरेर आफूले दोस्रो चरणको निर्वाचनमा देउवालाई नै सभापतिमा पूर्ण समर्थन गर्ने निर्णय लिएको बताएका हुन् ।

उनले सञ्चारकर्मीमाझ आफूलाई साथ दिएका प्रतिनिधिहरुलाई दोस्रो चरणको निर्वाचनमा देउवालाई मतदान गर्न पनि अपिल गरे । नेता निधिले पहिलो चरणको निर्वाचनमा सभापति पदमा २५० मत प्राप्त गरेका थिए ।

त्यस अवसरमा उनले आफूलाई मतदान गर्ने सबै प्रतिनिधिहरुप्रति आभार व्यक्त गरे भने आफूलाई प्यानलमा रहेर साथ दिने नेताहरुलाई धन्यवादसमेत व्यक्त गरे ।

प्रतिक्रिया