वेस्ट इन्डिजसँगको टी–ट्वान्टी क्रिकेट शृंखलामा पाकिस्तानको जित
नेपालखोज
२०७८ मंसिर २९ गते ७:०४

काठमाडौं । वेस्ट इन्डिजसँगको टी–ट्वान्टी क्रिकेट शृंखला पाकिस्तानले जितेको छ । गएराति भएको दोस्रो खेल ९ रनले जितेसँगै तीन खेलको शृंखला पाकिस्तानले जितेको हो ।
मंगलबारराति कराँचीमा पाकिस्तानले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा अलआउट हुँदै एक सय ६३ रन मात्रै बनाउन सक्यो । उसका लागि ब्रान्डन किङले सर्वाधिक ६७ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका साहिन अफ्रिदीले तीन तथा मोहम्मद नवाज, मोहम्मद वासिम र ह्यारिस रौफले समान २र२ विकेट लिए । तीन खेलको टी–ट्वान्टी र तीन खेलको एकदिवसीय खेल खेल्न वेस्ट इन्डिज पाकिस्तान भ्रमणमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया