जलेश्वरनाथ मन्दिरको विकास गर्ने मन्त्री झाँक्रीको आश्वासन
नेपालखोज
२०७८ मंसिर २९ गते ९:५१

महोत्तरी । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महोत्तरी सदरमुकामस्थित जलेश्वरनाथ महादेव मन्दिरको विकासका लागि सक्दो पहल गर्ने बताएकी छन् । उनले आज मन्दिरमा पूजाअर्चना गर्दै मन्दिरको जीर्णोद्वारका लागि पहल गर्ने बताइन् ।
जलेश्वरनाथ मन्दिरमा टुटे, भत्केका संरचनाको पुनर्निर्माणलगायत काममा आफ्नो भरपुर सहयोग रहने मन्त्री झाँक्रीले आश्वासन दिएकी छन् । उनलाई महादेव मन्दिरमा जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले स्वागत गर्नुभएको थियो ।
सम्बन्धित
प्रतिक्रिया