‘नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नु पर्छ’

नेपालखोज २०७८ मंसिर २९ गते १८:२०

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नु पर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोईरालाले आयोजना गरेको प्रतिनिधिहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै मन्त्री रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले अब कांग्रेसको अनुहार कस्तो हुन्छ भन्ने महत्वपूर्ण हुने बताए । मन्त्री रिजालले डा. कोईरालाको टीमबाट कांग्रेसमा संख्यामा भाग नखोज्ने बरु विचारमा प्रतिनिधित्व हुनुपर्ने बताए ।

मन्त्री रिजालले डा. कोईरालामाथि जिम्मेवारीको बोझ थपिएको भन्दै आफूले प्राप्त गरेको मतबाट एकतावद्ध कांग्रेस बनाउन आग्रह गरे । उनले प्रधानमन्त्री देउवालाई काँग्रेसमा परिवर्तन देखिने गरी काम गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया