राष्ट्र बैकले भन्यो- व्यापार घाटा ५६ प्रतिशतले बढ्यो

नेपालखोज २०७८ मंसिर २९ गते २०:५७

काठमाडौं । मुुलुकको वैदेशिक व्यापार घाटा बढेको छ । नेपाल राष्ट्र बैकले आज सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चार महिनाको प्रतिवेदनअनुसार मुुलुकको कुल वस्तु व्यापार घाटा भने ५६ दसमलव आठ प्रतिशतले बढेर पाँच खर्ब ६८ अर्ब १७ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२ दशमलव पाँच प्रतिशतले घटेको थियो । समिक्षा अवधिमा निर्यात आयात अनुपात १२ दशमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० प्रतिशत रहेको थियो । राष्ट्र बैकका अनुसार चालु आवको चार महिनामा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ७१ अर्ब ४० करोड बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४ अर्ब २६ करोड बराबरको आयात भएको थियो, राष्ट्र बैकले भनेको छ । चालुु आर्थिक बर्षको चार महिनामा मुलुकको कुल वस्तु निर्यात एक सय चार दशमलव तीन प्रतिशतले बढेर ८२ अर्ब १२ करोड पुगेको छ । राष्ट्र बैकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ४० दशमलव दुई प्रतिशत, सात दशमलव तीन प्रतिशत र २३ दशमलव पाँच प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेपनि चिया, अलैंची, तार, जस्तापाता, तामाको तारलगायतका वस्तुको निर्यात भने घटेको छ ।

राष्ट्र बैकका अनुसार चालुु आवको पछिल्लो चार महिनामा कुल वस्तु आयात भने ६१ दशमलव छ प्रतिशतले बढेर छ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दसमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६ दशमलव एक प्रतिशत, ५६ दशमलव नौ प्रतिशत र एक सय १७ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदीलगायतका वस्तुको आयात बढेपनि सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको भने घटेको छ ।

प्रतिक्रिया