सोमबार, वैशाख १७, २०८१

सुनचाँदीकै मूल्यमा गिरावट, ताेलाकाे ९७ हजार रुपैयाँमा कारोबार

नेपालखोज २०७९ वैशाख २८ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला १ हजार रुपैयाँले घटेर ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन मंगलबार ९८ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि १ हजार रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य ३० रुपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया