बिहीबार, वैशाख १३, २०८१

वर्ल्डलिंकले भित्र्यायो ६ सय एमबीपीएस गतिको इन्टरनेट

नेपालखोज २०७८ मंसिर २९ गते २१:०८

काठमाडौं । वर्ल्डलिंकले ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुनेछ। योसँगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ ।

उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित वर्ल्डलिंकले यो प्याकेज ल्याएको हो। उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् ।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।

विभिन्न तथ्यांकले देखाए अनुसार विश्वमा औसत इन्टरनेटको स्पिड ८० एमबीपीएस हाराहारीमा छ भने नेपालमा इन्टरनेटको औसत स्पिड २२ एमबीपीएस छ । साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको कम्पनीले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा छ ।

प्रतिक्रिया