मंगलबार, वैशाख १६, २०८२

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, चिसोबाट बच्न विभागकाे अनुराेध

नेपालखोज २०७८ पुष १ गते ६:०५

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र बाँकी पहाडी भू-भागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ तथा बाँकी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ । त्यस्तै आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिनसमेत माैसम विभागले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया