सुन ७ सय रूपैयाँले बढ्याे, चाँदीकाे कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ पुष १ गते १०:५९

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य बढेकाे छ । छापावाल सुन आज प्रतितोला ७ सय रूपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ७ सय रूपैयाँले नै बढेकाे छ । तेजाबी सुन आज ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९१ हजार ८ रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि २५ रूपैयाँले बढेकाे छ । आज चाँदी १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी बुधबार १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया