रक्षामन्त्रीबाट राजीनामा दिने डा. रिजालको घोषणा

नेपालखोज २०७८ पुष १ गते १३:३८

काठमाडाैं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आज सामाजिक सन्जालमार्फत उनले राजीनामा दिने उल्लेख गरेका हुन् ।

नेपाली कांग्रेसको महामन्त्री पदमा उठेका रिजालले मतगणनामा अन्य उम्मेद्वारभन्दा पछि परेपछि राजीनामा दिने बताएका छन् ।

उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्रीपदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु ।’

प्रतिक्रिया