नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

नेपालखोज २०७८ पुष १ गते १५:२७

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत मंसिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उनीहरु निर्वाचित भएका हुन् ।

महामन्त्रीको उम्मेद्वारका रुपमा गगन थापा र विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र डा. राजाराम कार्की प्रतिष्पर्धामा थिए ।  चार हजार ६८२ मत गणनामा भएकोमा सबैभन्दा बढी मत थापाले ल्याएका छन् भने शर्माले दोस्रो स्थानमा जित हासिल गरेका छन् ।

आज बिहीबार भएकाे मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार ९८४ मत प्राप्त गरेका हुन् । त्यसैगरी महामन्त्रीका अन्य उम्मेद्वारहरु क्रमशः डा. प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा. मीनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०६ मत प्राप्त गरेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा यसअघि नै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भइसकेका छन् ।  

प्रतिक्रिया