रक्षामन्त्री डा. मीनेन्द्र रिजालले दिए पदबाट राजीनामा
नेपालखोज
२०७८ पुष १ गते १६:२५

काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले राजीनामा पत्र बुझाएका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेद्वार रहेका डा. रिजालले महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट समेत राजीनामा दिएका हुन् ।
रिजाल डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेद्वार थिए । उनले मतगणना सुरु भएको केही घण्टामै पदबाट राजीनामा दिने घोषणा गरेका थिए । महाधिवेशनबाट विश्वप्रकाश शर्मा र गगन थापाले महामन्त्री जितेका छन् । नैतिकताको आधारमा राजीनामा दिएका रिजालले अन्य महामन्त्री उम्मेद्वार डा. प्रकाशशरण महत र प्रदीप पौडेलभन्दा कम मत ल्याएका थिए ।
सम्बन्धित

प्रतिक्रिया