मंगलबार, वैशाख १६, २०८२

स्तरोन्नतिका लागि मनकामना केबलकार ४ दिन बन्द हुने

नेपालखोज २०७८ पुष १ गते १७:४४

काठमाडौं । मनकामना केबलकार चार दिनका लागि बन्द हुने भएको छ ।

नेपालको पहिलो केबलकार मनकामना केबलकारको स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिने भएको हो । केबलकारको सेवा पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द गर्ने कम्पनीले जनाएको छ ।

केबलकार बटम स्टेसन र रेस्टुरेन्ट सेवा भने यथावत रहनेछ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको छ । लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्टस्‌हरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो । साथै केबलकारको लठ्ठा, ग्रिपलगायत उपकरणहरु पनि स्तरोन्नति गरिनेछ ।

चालु आर्थिक वर्षबाट केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना छ । कम्पनीका अनुसार केबलकारको भवन, टावर, गोन्डोला, बुल ह्विललगायत उपकरण भने साबिककै रहनेछ । यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको बन्नेछ ।

प्रतिक्रिया