आइतबार, वैशाख १६, २०८१

बढ्यो सुनचाँदीको मूल्य

नेपालखोज २०८० फागुन १३ गते ११:१८

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज मूल्य बढेर कारोबारमा आएको हो ।

मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्यमा समेत वृद्धि आएको छ । महासंघले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको जनाएको छ । आज चाँदीको कारोबार मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम छ ।

प्रतिक्रिया