मंगलबार, वैशाख १६, २०८२

सातवटा विकास बैंक तथा फाइनान्स आरटीजीएसमा आबद्ध

नेपालखोज २०७८ पुष १ गते २२:२६

काठमाडौं । सात वटा विकास बैंक तथा फाइनान्सहरु आरटिजिएस अर्थात रियल टाईम ग्रस सेटलमेन्टमा आवद्ध भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यही पुस एक गते बिहीबारबाट सात वटा संस्थाहरुले डाईरेक्ट पार्टिसिपेन्टकोरुपमा आरटिजिएस प्रणालीमा आवद्ध भएका हुन् ।

यसरी आरटिजिएस प्रणालीमा आवद्ध हुने संंस्थाहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक, गोर्खाज फाईनान्स, प्रोग्रेसिभ फाईनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी, गुडविल फाईनान्स, बेष्ट फाईनान्स र रिलायन्स फाईनान्स रहेको राष्ट्र बैैंकले जनाएको छ ।

प्रतिक्रिया