शनिबार, असार २१, २०८२

कृषि विकास बैंकले २१ प्रतिशत लाभांस दिने

नेपालखोज २०७८ पुष २ गते १२:१९

काठमाडाैं । कृषि विकास बैंकले २१ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफा मध्येबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव पाँच प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

लाभांस वितरण सम्बन्धी सञ्चालक समितिको यही पुस एक गते बिहीबार बसेको नौ सय ३७ औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैैंकको स्वीकृती एवं बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया