सोमबार, जेठ ६, २०८२

चौबीस घण्टामा थपिए २७४ कोरोना संक्रमित, ३ को मृत्यु

नेपालखोज २०७८ पुष २ गते १७:२७

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६९१ जनाको पीसीआर परीक्षणमा २६९ र १ हजार ३२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ जना गरि कुल २७४ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा हाल सक्रिय संक्रमितको कुल संख्या ५ हजार ५२२ रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप २७० जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख ८ हजार ३५३ पुगेको छ । नेपालमा हाल संक्रमण निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५७० पुगेको छ ।

प्रतिक्रिया