‘आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने बताएका छन् । मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १० दिनभित्र क्यालिब्रेशन फ्लाईट गर्ने जानकारी समेत दिए ।
आज काठमाडौंमा आयोजित वायुसेवा संचालक संघ, नेपालको २१औं वार्षिक साधारण सभामा बोल्दै उनले व्यवसायीहरुको योगदानकै कारण नेपालको विमानस्थललगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको पनि स्मरण गराए ।
मन्त्री आलेले हवाई उडानको क्षेत्रमा काम गर्ने व्यवसायीहरुले हजारौं नागरिकलाई रोजगारीको अवसर दिएर राज्यले भन्दा बढि काम गरेको भन्दै प्रसंशा पनि गरे । कार्यक्रममा संघका पुनः निर्वाचित अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अग्रजहरुको योगदानकै कारण नेपालको हवाई उडानको क्षेत्रले प्रगति गर्न सम्भव भएको बताए ।
उनले हप्ता दिनसम्म पनि हवाई उडान भर्नका लागि टिकट पाउने नसक्ने पीडाबाट मुक्ति दिलाउने सफलता आजको दिनमा मिलेको पनि बताए । कार्यक्रममा हवाई उडानको क्षेत्रका योगदान दिएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया