उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना

काठमाडौं । देशका पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज देशका बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै आज (शनिबार) राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।
भोलि (आइतबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । राति भने प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ ।
विभागले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, वाग्मती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही, सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा हुनका साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया