हारे पनि पार्टीलाई गतिशील बनाउँछु : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र संगठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन् ।
पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उनले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाही बद्री पाण्डेसँग २७८ मतले पराजित भएका थिए ।
सन्देशमा उनले निर्वाचन परिणामलाई स्वागत गर्दै विजयी उम्मेदवार पाण्डेलाई बधाई तथा शुभकामना दिएका छन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा भएको जीत–हारलाई सामान्यरुपमा लिनुपर्ने उनको भनाइ छ ।
नेपाली कांगे्रस कर्णाली प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले राष्ट्रिय चुनावमा पिछडिएका क्षेत्रका पार्टी कार्यकर्तालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउने ध्येयमा आफू रहेको गरेका छन् ।
प्रतिक्रिया