साझा उम्मेद्वार शशांकको खुला केन्द्रीय सदस्यमा अग्रता
नेपालखोज
२०७८ पुष ३ गते १५:४३

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रिय सदस्यमा डा शशांक कोइरालाले अग्रता लिएका छन् । संस्थापन शेरबहादुर देउवा र संस्थापान इतर शेखर कोइराला र प्रकाशमान सिंहको साझा उम्मेद्वार बनेका शशांकले प्रारम्भिक मतगणनामा अग्रता बनाएका हुन् ।
१०० मत गणनामा शेखरले ५३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका उदयशम्शेर राणाले ४४ मत पाएका छन् । उनीहरुलाई पछ्याईरहेका रामहरी खतिवडाले ४३ मत पाए । खुल्ला केन्द्रिय सदस्यमा नै रमेश लेखकले ४२ र एनपी साउँदले ३७ मत पाए ।
३५ खुल्ला केन्द्रिय सदस्यमा ९९ जनाले उम्मेद्वारी दिएका छन् । अहिले पार्टी कार्यालय सानेपामा मतगणना जारी छ । गत सोमबार सम्मपन्न निर्वाचनमा ४६७२ मत खसेको छ ।
सम्बन्धित
प्रतिक्रिया