देशको पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भू-भागमा मौसम सफा रहने
नेपालखोज
२०७८ पुष ४ गते ६:१०

काठमाडाैं । हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव नरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही सुदुरपश्चिम, लुम्बिनी प्रदेशका तराईका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुसु/कुहिरो लागेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने आज राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिनसमेत विभागले अनुरोध गरेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया