सर्वदलीय बैठक बस्दै, एमाले सहभागी हुन्छ ?

नेपालखोज २०७८ पुष ४ गते ७:३१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । उनले दिउँसो ४ बजेका लागि बैठक बोलाएका छन् ।

संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेका प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । नेकपा एमालेले लामो समयदेखि जारी राखेको संसद्को अवरोध खुलाउने, एमसीसी पारित गर्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेर सर्वदलीय बैठक आह्वान गर्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीले एमसीसी पारितका विषयमा छलफल गर्न बैठक बोलाएको भन्ने जानकारी पाएकाले उक्त बैठकमा एमाले सहभागी नहुने बताए । 

प्रतिक्रिया