मंगलबार, असार २४, २०८२

फिलिपिन्स आँधी अपडेट – मृत्यु हुनेको संख्या ८० पुग्यो

नेपालखोज २०७८ पुष ४ गते १२:५२

काठमाडौं । फिलिपिन्समा आँधीमा परेर् मृत्यु हुनेको संख्या ८० पुगेको छ । आँधीमा धेरै मानिसहरु हराइरहेकोले मृत्कको संख्या बढ्न सक्ने बताइएको छ ।

टाइफुन राई नामक आँधीले मध्य तथा दक्षिणपूर्वी टापुहरुमा ठूलो क्षति पुगेकाे बीबीसीले जनाएको छ । १ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले रुखहरु भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा समेत क्षति पुगेकाे छ ।

विद्युत आपुर्ती बन्द हुँदा करिब ३० लाख मानिस मारमा परेका छन् । घटनास्थलमा खोज तथा उद्दारका लागि १८ हजार सुरक्षाकर्मी र आपतकालिन कर्मचारीहरु परिचालन गरिएको छ । सियारगाओ र सुरिगाओ क्षेत्रमा सञ्चार बन्द हुँदा उद्वारमा कठीनाइ भएको बताइएको छ ।

टाइफुन राई पश्चिमी क्षेत्र हुँदै चीनतर्फ अझ तीब्र गतिले अघि बढ्दै गएकाले सचेत रहन् अधिकारीहरुले आग्रह गरेका छन् । यो यस वर्षको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा आँधी आउने गर्छ ।

प्रतिक्रिया