‘निर्मल निवासले बुझे हुन्छ, विदेशी गुहारेर राजसंस्था फर्कँदैन’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले विदेशी गुहारेर राजसंस्था नफर्किने बताएका छन् । सामाजिक सन्जालमार्फत आइतबार राजनीतिक दल र आमजनताको विश्वासले मात्र राजतन्त्र फर्किने थापाले उल्लेख गरेका छन् ।
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि निर्मल निवासले हस्तक्षेप गरेको बताउँदै आएका थापाले दलको आन्तरिक राजनीतिकमा राजसंस्थालाई हस्तक्षेप नगर्न सझाव दिएका छन् । उनले सडकमा अस्थिरता सिर्जना गर्दैमा राजसंस्था नफर्किने टिप्पणीसमेत गरे ।
उनले लेखेका छन्, ‘राजनीतिक दल र आमजनताको विश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो हो । विदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन । सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’

प्रतिक्रिया