बस्नयोग्य संसारका उत्कृष्ट सहर !

काठमाडौं । इकोनोमिस्ट इन्टेलिजेन्टस युनिटले संसारका बसोबास योग्य सहरको वार्षिक सूची जारी गरेको छ जसमा एसिया-प्रशान्त क्षेत्रका आठवटा सहर परेका छन् । कोरोनो महामारी नियन्त्रणको कुरालाई लिएर युरोपेली सहरहरू यो सूचीमा तल झर्न बाध्य भए । हेरौं बसोबास लायक उत्कृष्ट सहरहरु :
कोरोना भाइरसको महामारीमा न्युजिल्यान्डको तयारीले अकल्यान्डलाई संसारकै सबैभन्दा बसोबास योग्य सहरको सूचीमा नम्बर एक बनाइदियो । इकोनोमिस्ट इन्टेलिजेन्टस युनिट (ईआईयू) को २०२१ को यो सूचीमा अकल्यान्ड शिर्ष स्थानमा छ भने कैंयन युरोपेली सहर लकडाउनको प्रभावका कारण निकै तल झरेका छन् ।
कोरोना महामारीको फाइदा
एशिया-प्रशान्त क्षेत्रका चार अन्य सहर ओसाका, टोकियो (जापान), एडिलेड (अस्ट्रेलिया) र वेलिङटन (न्युजील्यान्ड ) ले इकोनोमिस्ट इन्टेलिजेन्टस युनिटको ग्लोबल लिवेबिलिटी र्यान्किङको यो संस्करणमा शीर्ष पाँच स्थान कब्जा गरेका छन् ।
एडिलेडका अतिरिक्त अस्ट्रेलियाका थप तीन सहर पर्थ, मेलवर्न तथा ब्रिसबेनले बस्न योग्य विश्वका उत्कृष्ट १० सहरमा स्थान बनाएका छन् । यी सहरले कोभिड-१९ म्यानेजमेन्टको सिधा लाभ पाएको बताइएको छ ।
युरोपेली सहरहरूलाई झटका
गएको वर्ष बसोबास योग्य सहरको नम्बर एकको स्थानमा भएको अस्ट्रियाको भियना यो वर्ष टप १० मा पनि पर्न सकेन । भियना यो वर्ष सूचीको १२ओैं स्थानमा छ । स्पष्ट छ यो युरोपेली सहर कोरोना भाइरस प्रभावको शिकार बने । ईआईयूका अनुसार, कोरोना महामारीले यो संसारको जीवन्ततामा ठूलो खलल पुर्याएको छ । संसारभरका सहरहरू अब महामारीभन्दा पहिलेको तुलनामा कम बसोबास योग्य भएका छन् । खासगरी युरोप जस्तो क्षेत्र यसको मारमा परेको छ ।
जर्मनीको बन्दरगाह सहर ह्याम्बर्ग यो वर्ष ३४ स्थान तल झर्दै ४७औं नम्बर पुगेको छ । अन्य कैंयन् युरोपेली सहरको पनि यस्तै हाल छ ।
होनोलुलु र दमिस्कको हाल
होनोलुलु, हवाई (अमेरिका) ले यो सूचीमा सबैभन्दा उल्लेखनीय वृद्धिका साथ आफूलाई उल्लेखनीय स्थानमा पुर्याएको छ । कोरोना महामारी नियन्त्रण एवं खोप कार्यक्रमका कारण होनुलुलु ४६ स्थान माथि चढ्दै १४औं स्थानमा पुगेको छ ।
इकोनोमिस्ट इन्टेलिजेन्टस युनिटको सूचीअनुसार सिरियाको राजधानी दमिस्क बसोबास योग्य सहरको सूचीमा सबैभन्दा खराब सहर ठहरिएको छ । सिरियाली गृहयुद्धका कारण त्यहाँ दैनिक जसो मानिस मारिइरहेका छन् भने दमिस्कमा सुविधाहरूको ठूलो कमी छ ।
प्रतिक्रिया