४ वटा प्रदेशमा आंशिक बदली, चिसोबाट बच्न विभागकाे अनुराेध
नेपालखोज
२०७८ पुष ५ गते ६:२०

काठमाडाैं । हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव नरहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने आज राति देशभरी आंशिक बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन विभागले अनुराेध गरेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया