सुनकाे भाउ सामान्य बढ्याे, चाँदीकाे स्थिर

नेपालखोज २०७८ पुष ५ गते १०:४३

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला २ सय रूपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले नै बढेकाे छ । तेजाबी सुन आज ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९३ हजार १ रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आइतबार १२ सय ४५ रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया