७ सय मत गन्दा खुला महिलातर्फ डिलाको अग्रता

नेपालखोज २०७८ पुष ५ गते १२:४३

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । जारी मत गणनामा डिला संग्रौलाले अग्रता लिएकी छन् । उनले ७ सय मत गणना हुँदा ४१८ मता पाएकी छन् ।

सोमबार बिहानबाट सुरु भएको मत गणनामा दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले ४ सय मत पाएकी छन् । तेस्रो स्थानमा रहेकी डा. आरजु देउवाले ३५६ मत पाएकी छन् । त्यस्तै ईश्वरी न्यौपानेले ३२४, सरिता प्रसाईले ३२०, अनिता देवकोटाले २७६, अम्बिका बस्नेतले ३२२, रमा कोइरालाले २७३ र सुशीला ढकालले २६४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार खुला केन्द्रीय सदस्यमा ९ जना महिला निर्वाचित हुनेछन् ।

प्रतिक्रिया