कांग्रेस महिला खुलातर्फ केन्द्रीय सदस्यको मतगणना : डा. डिला संग्रौलाकाे अग्रता कायमै

नेपालखोज २०७८ पुष ५ गते १९:३०

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पार्टी केन्द्रीय कार्यालय सानेपामा महिला खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ ।

अहिलेसम्म ३ हजार ३५० मतगणना भएकाेमा २ हजार ७९ मत ल्याउँदै डा. डिला संग्रौला पहिलो स्थानमा रहेकी छन् भने पछिल्लो मतपरिणामअनुसार दोस्रो नम्बरमा पुष्पा भुसाल रहेकी छन् । भुसालले १ हजार ९७५ मत प्राप्त गरेकी छन् । 

महिला खुलातर्फ १८५० मत ल्याउँदै डा. आरजु राणा देउवा तेस्रो स्थानमा रहेकी छन् । त्यस्तै १ हजार ६७७ मतसहित अम्बिका बस्नेत चौथो, १ हजार ६२७ मतसहित इश्वरी न्यौपाने पाँचौ र १ हजार ५१० मतसहित सरिता प्रसाईं छैटौँ स्थानमा छन् । 

सातौँ स्थानमा १ हजार ३५५ मतका साथ रमा कोइराला, १ हजार ३०६ मतमका साथ आठौँ स्थानमा शुशिला ढकाल र १ हजार ३०८ मतका साथ रङमती शाही नवौँ स्थानमा रहेकी छन् । कांग्रेस विधान अनुसार खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य बन्नेछन् ।

प्रतिक्रिया