शनिबार, वैशाख २२, २०८१

आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांश दिने

नेपालखोज २०७८ पुष ५ गते २१:००

काठमाडाैं । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । फाइनान्सले सोमबार आम्रपाली ब्यांक्वेट, थिरवम सडक, भाटभटेनी, काठमाडााैंमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत (१० प्रतिशत बोनश सेयर तथा चार प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि बाय लेखापरीक्षक एसएआर एसोसिएट्सलाई नियुक्त गरेको छ ।

चुक्ता पुँजी एक अर्ब दुई करोड ४२ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २० वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १९ वटा एटिएममार्फत ८० हजारभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालु आवसम्म १५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन र १३ अर्ब दुई करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

प्रतिक्रिया