कांग्रेसको अल्पसंख्यक केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित

नेपालखोज २०७८ पुष ५ गते २१:२९

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य अल्पसंख्यक (खुला) एक पदमा प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् ।

गत मंसिर २७ गते भएको मतदानको आज सार्वजनिक मत परिणामअनुसार सुनुवार दुई हजार १७१ मतका साथ निर्वाचित भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले एक हजार २३ मत प्राप्त गरेका छन् । सोही पदमा रहेका अन्य उम्मेदवार हरिबहादुर घलेले ६०९, ओमप्रकाश शर्मा (मारवाडी) ५३६ र प्रेमबहादुर छन्त्यालले २०६ मत प्राप्त गरेका समितिले जनाएको छ ।

मतदानमा चार हजार ६३५ मत खसेकामा ९० मत बदर भएको थियो । महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्यलगायतको निर्वाचनको मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ भने बाँकी मतदानको परिणाम आउने क्रम जारी छ ।

प्रतिक्रिया