आइतबार, जेठ ५, २०८२

३५ वर्षको उमेरमै राष्ट्रपति !

नेपालखोज २०७८ पुष ६ गते ८:४६

काठमाडाैं । चिलीमा वामपन्थी नेता गेब्रियल बोरिशले राष्ट्रपति निर्वाचनमा एकतर्फी जित हासिल गरेका छन् । चिलीमा सम्पन्न चुनाबमा गेब्रियलले ५६ प्रतिशत मत प्राप्त गर्दै दक्षिणपन्थी नेता जोस एन्तोनियोविरुद्ध ऐतिहासिक जित दर्ता गरेका हुन् ।

ग्रेबियलले असमानता र गरिबीबाट पार पाउन युवा नेतृत्वमा समावेशी सरकार गठनका लागि लामो प्रयास गरेका थिए । ग्रेबियलका अनुसार असमानता र गरिबी चिलिमा दशकाैं पहिले जनरल अगस्तो पिनोशे द्वारा थोपरिएको खुला बजार मोडलको उपहार हो । यो नयाँ चिलिका लागि अस्वीकार्य अनि कमजोर बिन्दु साबित भइसकेको छ ।

आइतबार भएको निर्वाचनमा स्पष्ट बहुमत ल्याएका ग्रेबियल चिलीको राष्ट्रपति हुने सबै भन्दा युवा नेता हुन् । २०१२ मा मतदान अनिवार्य भएपछि यति बढी जन समर्थन हासिल गर्ने पनि उनी पहिलो नेता हुन् । आफ्नो जित पछि गेब्रियलले समर्थकहरुको ठुलो सभामा पुगेर उनीहरुलाई अभिवादन गर्नुका साथै धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया