प्रतिनिधिसभाको बैठकअघि परामर्श समितिको बैठक बस्दै

नेपालखोज २०७८ पुष ६ गते ९:३१

काठमाडौं । प्रतिनिधिसभाको १० औँ अधिवेशनको दोस्रो बैठकअघि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे संसद् भवन नयाँबानेश्वरस्थित शंकर हलमा हुने भएको छ ।

संसद् बैठक दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका हुन् । आजको संसद बैठकमा सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको एमालेल दशौं अधिवेशनका बैठक पनि चल्न नदिने भएको छ ।

प्रतिक्रिया