सुनचाँदीकै मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ पुष ६ गते १०:४२

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ८ सय रूपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ८ सय रूपैयाँले नै घटेकाे छ । तेजाबी सुन आज ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार तेजाबी सुन ९३ हजार ३ रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी साेमबार १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया