एमालेद्वारा संसद अवरूद्ध कायमै, भाेलिसम्मका लागि बैठक स्थगित

नेपालखोज २०७८ पुष ६ गते १४:०३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच प्रतिनिधिसभाको बैठकमा दुई अध्यादेश स्वीकृत भएका छन् ।

एमालेले बैठक अवरूद्ध कायमै राखे पनि आजको बैठकमा दुई अध्यादेश स्वीकृत भएका हुन् । त्यस्तै एमालेले बैठक अवरूद्ध कायमै राखेपछि संसद बैठक पुष ७ (बुधबार)गते सम्मका लागि स्थगित भएको छ ।

नेकपा (एमाले) ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया