एमालेको विरोधका बावजुत संसद् चलाएकोमा आपत्ति

नेपालखोज २०७८ पुष ६ गते १४:२६

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेका बेला संसद् सूचारु गराएको भन्दै आपत्ति जनाएका छन् ।

आज एमालेको अवरोधका बीच सभामुख अग्नीप्रसाद सापकोटाले संसदको कार्यसूची अघि बढाएपछि सांसद सुवालले त्यसो गर्नु संसदीय परम्पराविरुद्ध हुने भन्दै आपत्ति जनाएका हुन् । त्यस अवसरमा उनले संसद् अवरोधकै बेला एमसीसी जस्तो देशघाती सम्झौंता पारित गर्ने काम गर्न नहुनेतर्फ पनि सभामुख सापकोटाको गम्भर ध्यानाकर्षण गराए । उनले सो सम्झौंता देशघाती भएको भन्दै खारेज गर्न पनि माग गरे ।

बैठकमा एमालेका सांसदहरुले पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गरलगायतका चर्का नाराबाजी गर्दै संसदको वेलमा गएर सभामुख सापकोटाविरुद्ध नाराबाजी गरिरहेका छन् । तर एमाले सांसदहरुको चर्का नाराबाजीबिच पनि संसद बैठक जारी छ ।

प्रतिक्रिया