प्रधानान्यायाधीश जबराले न्याय सेवा आयोगको बैठक बोलाए, सर्वत्र चासो

नेपालखोज २०७८ पुष ६ गते १४:५२

काठमाडौं । कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका बेला सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक आह्वान गरेका छन् । भोलि (बुधबार) बस्ने गरी आयोगका अध्यक्षसमेत रहेका जबराले बैठक आह्वान गरेका हुन् ।

राजीनामा माग्दै कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका बेला बोलाइएको बैठकलाई कानुनविद्हरूले चासोका साथ हेरेका छन् । बैठकमा कानुनमन्त्री र महान्यायाधिवक्ताको उपस्थिति हुन्छ कि हुँदैन भनेर पनि कानुन व्यवसायीको चासो छ ।

सत्ता गठबन्धनले अनौपचारिक रूपमा निकास दिन प्रधानन्यायाधीश जबरालाई भनेका बेला वैठक बोलाइएको जनाइएको छ ।

प्रतिक्रिया